काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशभर फैलिँदै आएको अराजकतावाद रोक्न सरकारले पूर्ण असफलता देखाएको र उल्टै त्यसको “संरक्षक”को भूमिका खेलेको आरोप लगाएका छन्। सोमबार काठमाडौंमा बसेको एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गतको जनपरिचालन समितिको पहिलो बैठकमा सम्बोधन गर्दै ज्ञवालीले जेन-जीको नाममा राज्यसत्ताले नियन्त्रित समूहहरूले अस्थिरता फैलाइरहेको बताए। उनले सुरक्षा निकायहरू “मुकदर्शक” बनेर बसेको कडा टिप्पणी…