२०८३, ८ आश्विन शुक्रबार

इन्द्रजात्राले नेपाली मौलिकता र सांस्कृतिक पहिचान बलियो बनाओस् : मुख्यमन्त्री थापा मगर

काठमाडौं। वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले काठमाडौं उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक पहिचान बोकेको इन्द्रजात्राले नेपाली समाजको मौलिकता, एकता र आपसी सद्भावलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ। इन्द्रजात्राको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री थापा मगरले नेपालको मौलिक संस्कृति, परम्परा र सम्पदाको संरक्षणसँगै त्यसलाई भावी पुस्तासम्म जीवन्त रूपमा हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको हो।…