काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या देखिएपछि उहाँलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार राति करिब ९ बजे असहज महसुस भएपछि उहाँलाई उपचारका लागि अस्पताल लगिएको हो। चिकित्सकका अनुसार अस्पताल ल्याइँदा उहाँको रक्तचाप उच्च देखिएको थियो। साथै पेटमा ग्यासको समस्या पनि देखिएपछि थप परीक्षण…