काठमाडौं । काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी परम्परागत इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन यो पर्व मनाइन्छ । यस पर्वलाई नेवार समुदायको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा पनि लिइन्छ । इन्द्रजात्राको औपचारिक सुरुआत भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको…