२०८३, १० कार्तिक मंगलबार

कांग्रेसभित्र विद्रोहको स्वर चर्कियो : संस्थापनलाई खुला चुनौती

कांग्रेसभित्र विद्रोहको स्वर चर्कियो : संस्थापनलाई खुला चुनौती


काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असन्तुष्टि अब खुला राजनीतिक चुनौतीमा रूपान्तरण हुन थालेको छ। संस्थापन नेतृत्वसँग सहमतिको ढोका लगभग बन्द भएको निष्कर्ष निकाल्दै इतर पक्षले चुनदेवीमा छुट्टै रणनीतिक बैठक बसेर नयाँ राजनीतिक कदमको तयारी थालेको हो।

नेता पूर्णबहादुर खड्काको नेतृत्वमा भइरहेको बैठकमा कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह र डा. प्रकाशशरण महतलगायत प्रभावशाली नेताहरू सहभागी छन्। बैठकमा राष्ट्रिय भेला घोषणा गर्ने, आगामी महाधिवेशनको रणनीति तय गर्ने तथा संस्थापनको कार्यशैलीविरुद्ध साझा धारणा बनाउने विषयमा छलफल भइरहेको बताइएको छ।

इतर पक्षले सातै प्रदेशमा भेला सम्पन्न गरिसकेको छ। ती भेलाबाट प्राप्त निष्कर्षले संस्थापनसँग सम्मानजनक सहमति हुने सम्भावना कमजोर रहेको देखिएपछि अब समानान्तर राजनीतिक दबाब सिर्जना गर्ने तयारीमा नेताहरू जुटेका छन्।

यसले कांग्रेसभित्रको शक्ति संघर्ष अब आन्तरिक असन्तुष्टिमा मात्र सीमित नरही नेतृत्व र संगठनको भविष्य निर्धारण गर्ने निर्णायक मोडमा पुगेको संकेत दिएको छ।

प्रकाशित मिति : २०८३, २१ असार सोमबार  २ : ५५ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना