विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर विजय साह (४५) को मृत्युपछि उत्पन्न तनाव व्यवस्थापन गर्न जिल्ला प्रशासन, सुरक्षा निकाय र पीडित पक्षबीच बिहीबार पाँच बुँदे सहमति भएको छ। सहमति अनुसार छानबिन समिति गठन, मृतक परिवारलाई क्षतिपूर्ति र रोजगारी, छोरालाई सशस्त्र भर्नामा सहयोग र शव व्यवस्थापनको व्यवस्था गरिने छ। समिति ७ दिनभित्र…