२०८३, ९ आश्विन शनिबार

तराई–मधेशमा आजदेखि पितृपक्ष सुरु, गंगासागरमा तर्पण गर्नेको भीड

जनकपुरधाम । तराई–मधेशका विभिन्न क्षेत्रमा आजदेखि पितृपक्ष (सोह्रश्राद्ध) सुरु भएको छ। पितृपक्षको पहिलो दिन श्रद्धालुहरूले कुश संकलन गरी नजिकका तलाउ, पोखरी तथा जलाशयमा स्नान गरेर दिवंगत पितृहरूको स्मरण, तर्पण तथा शान्तिको कामना गरिरहेका छन्। अन्य क्षेत्रमा भने पितृपक्ष भोलिदेखि सुरु हुने भए पनि तराई–मधेशमा पूर्णिमाकै दिनदेखि पितृलाई तर्पण दिने परम्परा रहँदै आएको छ। यसै अवसरमा…