२०८३, २९ भाद्र मंगलबार

मन्त्रिपरिषद्को निर्णयः नेपाल प्रहरीका ८ एआईजीको व्यापक जिम्मेवारी हेरफेर

मन्त्रिपरिषद्को निर्णयः नेपाल प्रहरीका ८ एआईजीको व्यापक जिम्मेवारी हेरफेर


काठमाडौं । सरकारले नेपाल प्रहरीका आठ जना अतिरिक्त महानिरीक्षक (एआईजी) को जिम्मेवारी हेरफेर गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न विभाग तथा कार्यालयका प्रमुखहरूको सरुवा गर्दै नयाँ जिम्मेवारी तोकेको हो।

सरुवाअनुसार एआईजी उमाप्रसाद चतुर्वेदीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुख बनाइएको छ। यसअघि सीआईबीको नेतृत्व गरिरहेका एआईजी डा. मनोजकुमार केसीलाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ।

काठमाडौं उपत्यकाको सुरक्षा कमाण्ड अब एआईजी सुशीलसिंह राठौरले सम्हाल्ने भएका छन्। उपत्यका प्रहरी कार्यालयका प्रमुख रहेका एआईजी ईश्वर कार्कीलाई मानवस्रोत विकास विभागको जिम्मेवारी दिइएको छ।

यस्तै, प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआईजी सिद्धीविक्रम शाहलाई प्रहरी प्रधान कार्यालयको अपरेसन विभागमा ल्याइएको छ भने एआईजी राजन अधिकारीलाई प्रशिक्षण प्रतिष्ठानको नेतृत्व सुम्पिएको छ।

प्रहरी प्रधान कार्यालयभित्र पनि दुई एआईजीको जिम्मेवारी अदलबदल गरिएको छ। प्रदेश समन्वय विभागका एआईजी डम्बरबहादुर विकलाई प्रशासन विभागमा पठाइएको छ भने प्रशासन विभागमा रहेका एआईजी हिमालय श्रेष्ठलाई प्रदेश समन्वय विभागको जिम्मेवारी दिइएको छ।

प्रहरी संगठनभित्र रणनीतिक महत्वका विभाग र कार्यालयमा नेतृत्व परिवर्तन गरिएको यो सरुवालाई संगठनको नियमित प्रशासनिक प्रक्रिया तथा कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८३, १८ असार शुक्रबार  ८ : १६ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक