काठमाडौं । सरकारले देशभरका शैक्षिक संस्थामा नयाँ शैक्षिक सत्र २०८३ साल वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार आगामी शैक्षिक सत्र निर्धारित मितिबाट सञ्चालनमा आउनेछ। त्यसैगरी, मन्त्रिपरिषद्ले सरकारी कार्यालय तथा शैक्षिक संस्थामा सातामा दुई दिन बिदा दिने निर्णय…