२०८३, १० कार्तिक मंगलबार

सय दिनमै सरकारमाथि एमालेको प्रहार : ‘निर्वाचित अधिनायकवाद’तर्फ उन्मुख भएको आरोप

सय दिनमै सरकारमाथि एमालेको प्रहार : ‘निर्वाचित अधिनायकवाद’तर्फ उन्मुख भएको आरोप


काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारको सय दिनको कार्यकालमाथि कडा प्रहार गरेको छ। एमाले सांसद गुरु बरालले सरकार लोकतान्त्रिक मूल्य–मान्यता, कानुनी शासन र आर्थिक व्यवस्थापनमा पूर्णतः असफल भएको दाबी गर्दै ‘निर्वाचित अधिनायकवादी सोच’तर्फ अघि बढिरहेको आरोप लगाए।

बरालले संविधान संशोधनको विषयमा सत्तापक्षबाट आएका विरोधाभासी अभिव्यक्ति र प्रधानमन्त्री कार्यालयबाट अघि बढाइएका प्रक्रियाले लोकतान्त्रिक प्रणालीमाथि नै प्रश्न उठाएको बताए। उनका अनुसार प्रतिनिधिसभाको नियमावली जबरजस्ती पारित गरिएको घटनाले संसदीय अभ्यासलाई कमजोर बनाएको छ।

उनले फौजदारी कानुनभन्दा माथि विशेष कानुनी व्यवस्था सिर्जना गर्ने प्रयासले कानुनी राज्यको आधारभूत सिद्धान्तमाथि आघात पुगेको टिप्पणी गरे। मन्त्रीहरूमाथि उठेका प्रश्नमा सरकारले निष्पक्ष अनुसन्धानको सट्टा आफैं ‘निर्णायक’ बन्न खोजेको आरोप पनि उनले लगाए।

बरालले संविधानले प्रत्याभूत गरेका मौलिक अधिकार तथा संवैधानिक आयोगहरूको स्वतन्त्रतामाथि सरकारले निरन्तर हस्तक्षेप गरिरहेको दाबी गरे। साथै, जनयुद्धकालसँग सम्बन्धित मुद्दाको पेसी स्थगन गर्न महान्यायाधिवक्ताको कार्यालयले दिएको निर्देशनप्रति असन्तुष्टि व्यक्त गर्दै गौरी आयोग र राष्ट्रिय मानवअधिकार आयोगका विषयमा सरकार मौन बसेको भन्दै प्रश्न उठाए।

सरकारको सय दिने कार्यकालको समीक्षा गर्दै एमालेले लोकतान्त्रिक संस्थामाथि हस्तक्षेप, कानुनी शासनको अवमूल्यन र सत्ता केन्द्रीकरणको प्रवृत्ति बढेको आरोप सार्वजनिक रूपमा दोहोर्‍याएको छ।

प्रकाशित मिति : २०८३, २१ असार सोमबार  २ : ५२ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना