२०८३, २९ भाद्र मंगलबार

निर्वाचन समीक्षा र पार्टी पुनर्गठन नेतृत्व परिवर्तनका लागि होइन : महेश बस्नेत

निर्वाचन समीक्षा र पार्टी पुनर्गठन नेतृत्व परिवर्तनका लागि होइन : महेश बस्नेत


काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्र सञ्चालन हुन लागेको पुनर्गठन अभियान नेतृत्व परिवर्तनका लागि नभई पार्टीलाई थप सुदृढ र व्यवस्थित बनाउन केन्द्रित रहेको स्पष्ट पार्नुभएको छ।

एमाले बागमती प्रदेशका विभागीय प्रमुख तथा सचिवहरूको बैठकलाई सम्बोधन गर्दै सचिव बस्नेतले प्रदेशस्तरमा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनबारे गम्भीर छलफल भइरहेको जानकारी दिनुभयो। उहाँले पुनर्गठन अभियानलाई नेतृत्व परिवर्तन वा क्रमभङ्गसँग जोडेर हेरिनु उपयुक्त नहुने बताउँदै नेतृत्व परिवर्तन पार्टीको विधिअनुसार महाधिवेशनबाट मात्रै सम्भव हुने स्पष्ट पार्नुभयो।

“केही साथीहरूले विभिन्न खालका पर्चा बाँडिरहेका छन्, तर त्यसबाट नेतृत्व परिवर्तन हुँदैन। नेतृत्व परिवर्तन अधिवेशनबाट मात्रै हुन्छ,” उहाँले भन्नुभयो।

पार्टी एकताबारे बोल्दै बस्नेतले जनताको बहुदलीय जनवाद (जबज) लाई त्यागेर कसैसँग पनि पार्टी एकता हुन नसक्ने धारणा राख्नुभयो। उहाँले पछिल्लो समय केही पार्टी कार्यालयहरू गुटबन्दीको केन्द्रजस्तै बन्न थालेको भन्दै त्यसप्रति चिन्ता व्यक्त गर्नुभयो।

पुनर्गठन अभियानको उद्देश्य नेतृत्व परिवर्तन नभई पार्टीलाई विचार, संगठन र जनआधारका दृष्टिले बलियो बनाउनु रहेको उल्लेख गर्दै उहाँले विचार र सिद्धान्तप्रति प्रतिबद्ध नेतृत्वबाट मात्रै बलियो पार्टी निर्माण सम्भव हुने बताउनुभयो। साथै, नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको विषय पनि विधि, प्रक्रिया र क्षमता अनुसार नै अघि बढ्ने उहाँको भनाइ थियो।

सचिव बस्नेतले पार्टीका नेता–कार्यकर्तालाई जनताको सुख–दुःखमा साथ दिन, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न र संगठन विस्तारमा सक्रिय हुन निर्देशन दिनुभयो। उहाँले पछिल्लो समय विभिन्न निर्वाचनमा आफूलाई ‘नयाँ’ भन्ने शक्तिहरू पराजित हुन थालेको उल्लेख गर्दै त्यसलाई पार्टी सुदृढीकरणको अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

बैठकले पार्टी केन्द्रबाट प्राप्त निर्देशन कार्यान्वयन गर्ने, सदस्यता नवीकरण समयमै सम्पन्न गर्ने तथा आगामी असार २० गतेदेखि सुरु हुने जागरण अभियानलाई प्रभावकारी रूपमा सफल बनाउने निर्णय गरेको जनाएको छ।

बैठकमा बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले जागरण अभियानलाई सफल बनाउन सबै नेता–कार्यकर्ताले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले पार्टीको निर्वाचन पराजयबारे गम्भीर समीक्षा आवश्यक रहेको बताउँदै संगठनलाई जनतासँग अझ नजिक लैजान आग्रह गर्नुभयो।

अध्यक्ष ढुंगेलले पार्टी र सरकारविरुद्ध भइरहेका गलत प्रचारको तथ्यसहित प्रतिवाद गर्न नेता–कार्यकर्ताले सामाजिक सञ्जालमा सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो। अपाङ्गता भएका व्यक्ति, दलित, महिला तथा पछाडि पारिएका समुदायले अझै पनि विभेद र अन्याय भोगिरहेको उल्लेख गर्दै उहाँले ती समुदायसँग पार्टीको सम्बन्ध थप मजबुत बनाउनुपर्ने धारणा राख्नुभयो।

उहाँले आफ्ना परिवार, सन्तान र छिमेकीलाई समेत पार्टीको अभियानसँग जोडेर संगठन विस्तारमा योगदान गर्न सबैलाई आह्वान गर्नुभयो।

प्रकाशित मिति : २०८३, १७ असार बिहीबार  ७ : २८ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक