२०८३, ३० भाद्र बुधबार

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको छ। अमेरिकी कंग्रेसको बजेट कार्यालय (सीबीओ) का अनुसार रक्षा मन्त्रालय (पेन्टागन) ले २०२६ अगस्ट १ सम्म उक्त रकम खर्च गरेको हो। सीबीओले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार यो खर्च युद्धमा प्रयोग भएका हतियार तथा सैन्य उपकरणको प्रतिस्थापन, लडाइँमा नष्ट भएका सामग्री, सैन्य विमानका अतिरिक्त उडान, अन्य सैन्य अभियान तथा इन्धनमा भएको खर्चका आधारमा गणना गरिएको हो। यद्यपि, उक्त अनुमानमा संघीय सरकारका अन्य निकायले व्यहोरेका…