२०८३, ११ असार शुक्रबार

ओलीको प्रस्तावमा असहमति: उपाध्यक्ष ज्ञवाली र शाक्य संसद् पुनर्स्थापनाको पक्षमा छैनन्

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले संसद् पुनर्स्थापनाको पक्षमा जनपरिचालन गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावप्रति असहमति जनाएका छन्। केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले आगामी आन्दोलनको केन्द्र संसद् पुनर्स्थापनाको पक्षमा रहने स्पष्ट संकेत दिएपछि दुई उपाध्यक्षले फरक मत राखेका हुन्। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ज्ञवालीले उक्त विषयलाई…