२०८३, १९ आश्विन मंगलबार

सुनकोशीमा खसेको कारमा चार जना सवार, उद्धारमा नदीको भेल बाधक

सुनकोशीमा खसेको कारमा चार जना सवार, उद्धारमा नदीको भेल बाधक


काठमाडौं । रामेछाप, सिन्धुली र ओखलढुङ्गाको सिमाना नजिक लिखु खोलाको क्षेत्रमा भएको सवारी दुर्घटनामा सुनकोशी नदीमा खसेको कारमा चार जना सवार रहेको खुलेको छ।

प्रहरीका अनुसार सडकमा रोकिएको कारलाई बसले ठक्कर दिँदा कार सुनकोशी नदीमा खसेको हो। कारका धनी मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजनासँग सम्बन्धित ठेकेदार तिलकुमार लामा रहेको र उनीसहित चार जना कारमा सवार रहेको प्रहरीले जनाएको छ।

घटनालगत्तै प्रहरी, स्थानीय जनप्रतिनिधि र स्थानीयवासी उद्धारका लागि घटनास्थलमा पुगेका छन्। तर सुनकोशीमा आएको तीव्र भेल र नदीको बहावका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ।

प्रहरीका अनुसार समाचार तयार पार्दासम्म कारभित्र रहेका यात्रुहरू बाहिर निस्कन सकेका छैनन्। उद्धार टोलीले जोखिमका बीच उद्धार प्रयासलाई निरन्तरता दिएको छ भने घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३, १७ श्रावण सोमबार  १ : ३८ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि