२०८३, १८ श्रावण मंगलबार

सेनासँग समन्वयमै बागमती करिडोर विस्तार भएको रास्वपा सांसद पाण्डेको दाबी

सेनासँग समन्वयमै बागमती करिडोर विस्तार भएको रास्वपा सांसद पाण्डेको दाबी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले गोकर्णस्थित बागमती करिडोर विस्तारको काम नेपाली सेनासँगको समन्वय र सहकार्यमा नै सम्पन्न भएको स्पष्ट पारेका छन्।

पाण्डेले मंगलबार एक विज्ञप्ति जारी गर्दै करिडोर विस्तारका क्रममा प्रारम्भिक रूपमा केही असहज अवस्था देखिए पनि पछि नेपाली सेनासँग आवश्यक समन्वय गरी काम अघि बढाइएको बताएका हुन्।

उनका अनुसार सडक विस्तारको काम नेपाली सेनाका प्रमुख सेनानीसँग छलफल र समन्वय गरेर नै सम्पन्न गरिएको हो। सम्बन्धित सैनिक टुकडीलाई सूचना पुग्न केही मिनेट ढिलाइ हुँदा सुरुवाती अवस्थामा समस्या देखिएको उनले उल्लेख गरेका छन्।

“उक्त कार्य सम्पन्न गर्ने क्रममा सम्बन्धित नेपाली सेनाको टुकडीलाई आवश्यक जानकारी पुग्न केही मिनेटको ढिलाइ भएका कारण प्रारम्भिक रूपमा केही असहज अवस्था सिर्जना भएको थियो। तर त्यसपश्चात् नेपाली सेनाका प्रमुख सेनानीज्यूसँग आपसी समन्वय र छलफल सम्पन्न भई नेपाली सेनाकै पूर्ण सहयोग र सहकार्यमा सडक विस्तारको कार्य सफलतापूर्वक सम्पन्न गरिएको हो,” पाण्डेले विज्ञप्तिमा भनेका छन्।

उनले करिडोर विस्तारको काम काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको जानकारी दिएका छन्।

सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै पनि सांसद पाण्डेले सेनासँग विवाद नभएको दाबी गरेका छन्। चुनावी अभियानका क्रममा स्थानीयवासीले राखेको मागअनुसार अधिकार सम्पन्न बागमती, काठमाडौं उपत्यका विकास प्राधिकरण र नेपाल ट्रस्टसँग समन्वय गरी बाटो खोलिएको उनको भनाइ छ।

करिडोर खोल्ने क्रममा त्यहाँ नेपाली सेनाको टुकडी रहेको जानकारी पाएपछि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्षलाई समन्वयको जिम्मा दिइएको उनले बताए।

पाण्डेले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका केही सामग्रीले वास्तविक अवस्थाभन्दा फरक धारणा बनाउन सक्ने भन्दै संयमता अपनाउन आग्रह गरेका छन्।

“वास्तविकता नबुझी सामाजिक सञ्जाल वा सञ्चारमाध्यममार्फत भ्रम फैलाउने, संस्थाहरूबीच अनावश्यक विवाद सिर्जना गर्ने वा तथ्यभन्दा फरक निष्कर्ष प्रस्तुत गर्ने कार्यबाट सबैमा संयमता अपनाइदिन अनुरोध गर्दछु,” उनले भनेका छन्।

प्रकाशित मिति : २०८३, १८ श्रावण मंगलबार  ५ : ३९ बजे

सेनासँग समन्वयमै बागमती करिडोर विस्तार भएको रास्वपा सांसद पाण्डेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले

प्रदेश सरकार गठनको बहसबीच युवा संघका नेता लामाको सन्देश : “सरकारभन्दा पार्टी र संगठन बलियो हुनुपर्छ”

काठमाडौं । प्रदेश सरकार गठनलाई लिएर राजनीतिक वृत्तमा बहस चलिरहेका

थपलिया बेहोस नभई भावुक हुँदा गला अवरुद्ध भएको हो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश

एमाले नेता थपलिया अस्वस्थ, वीर अस्पतालमा उपचार जारी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

मधेशको पछिल्लो सुरक्षा अवस्थाबारे प्रधानमन्त्री-गृहमन्त्री छलफल, भविष्यको रणनीतिमा जोड

काठमाडौं । तराई–मधेशमा हालै देखिएको सुरक्षा चुनौतीबारे प्रधानमन्त्री बालेन शाह