२०८३, १८ श्रावण मंगलबार

सूर्यविनायक नगर अस्पतालमा सूर्यविनायक र बेथानचोकका स्वास्थ्यकर्मीलाई तीनदिने प्रशिक्षक प्रशिक्षण तालिम, नसर्ने रोग न्यनूनिकरणका लागि सचेतना फैलाउनु आवश्यक : संयोजक रविन्द्र सापकोटा

सूर्यविनायक नगर अस्पतालमा सूर्यविनायक र बेथानचोकका स्वास्थ्यकर्मीलाई तीनदिने प्रशिक्षक प्रशिक्षण तालिम, नसर्ने रोग न्यनूनिकरणका लागि सचेतना फैलाउनु आवश्यक : संयोजक रविन्द्र सापकोटा


भक्तपुर, १९ साउन । भक्तपुरको सूर्यविनायक नगरपालिका र काभ्रेको बथानचोक गाउँपालिकाको स्वास्थ्यकर्मीलाई तीन दिने प्रशिक्षक प्रशिक्षण आजबाट सूर्यविनायक नगर अस्पतालमा सुरु भएको छ ।

हिमशिखर सामाजिक साँस्कृतिक समाजको आयोजना तथा बेलायतको सहयोग सस्था दि नेस्टलिंग ट्रष्ट (The Nestling Trust) को सहयोगमा सञ्चालित तीन दिने स्वास्थ्य शिक्षा पुहँच कार्यक्रम (Health Education Outreach Programme) प्रशिक्षण प्रशिक्षण कार्यक्रमको सूर्यविनायक नगरपालिका सामाजिक विकास समितिका संयोजक रबिन्द्र सापकोटाले उद्घाटन गर्नुभयो ।

उद्घाटन गर्दै संयोजक सापकोटाले गाउँ गाउँमा आमनागरिकलई प्राथमिक स्वास्थ्यको पहुँच पुर्याउने मूल लक्ष्य र उदेश्य लिएर सूर्यविनायक नगरपालिका र बेथानचोक गाउँपालिकाका स्वास्थ्यकर्मीका लागि सञ्चालित प्रक्षिक्षक प्रशिक्षण तालिम निकै उपलब्धीमूलक हुने अपेक्षा गरिएको बताउनुभयो ।

उहाँले स्वास्थ्यकर्मीहरुले आफ्नो स्वास्थ्य संस्थामा रहेर पनि प्राथमिक उपचारका कार्यहरु गरिरहेको बताउदै यहाँको प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेर गए पछि आफ्ना क्षेत्रमा गएर धेरै भन्दा धेरै स्वयंसेवकहरु ब्नाउने र अन्य व्यक्तिहरुलाई प्राथमिक उपचार गर्न सक्ने बनाउन सक्षम हुने विश्वास लिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, “सर्ने रोग भन्दा नसर्ने रोग नजानिदो रुपमा बिकराल रुपमा फैलिरहेको छ, नसर्ने रोग सुरु सुरुमा पहिचान नहुने र एकै पटक देखिए पछि अस्पताल जादा समस्या भइसक्ने ढिलो भैसक्ने अबस्था छ । नसर्ने रोग एकदमै झांगिएर गएको छ, यसबाट समुदायलाई बचाउने दायित्व आइरहेको छ, सुरुमै नसर्ने रोगबाट बच्न यसको लक्षणहरु के के छन् भनेर जनचेतना फैलाउनु आवश्यक छ ।”

सूर्यविनायक नगरपालिकामा मात्रै अहिले १४७ जना नसर्ने रोगको औषधि सवन गरिरहेको बताउदै उहाँले झांगिदै गएको नसर्ने रोगको न्यनिकरण गर्न र टोलटोलमा गएर यसारे जानकारी गराउदै समाजदाई नसर्ने रोगबाट बचाउने अभियानमा लाग्नु पर्ने बताउनुभयो । सूर्यविनायक नगरपालिका हालसालै १० वटै वडा बालमैत्री वडा घोषणा भएको र सबै सूचक पुरा गरेको बताउदै नगरपापलकालाई पनि बालमैत्री घोषणा गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयकी प्रमुख अञ्जना खड्काले तीनदिने प्रशिक्षक प्रशिक्षण तालिम लिएर सूर्यविनाकदेखि बेथानचोैरसम्मका नागरिकलाई स्वस्थय जीवन बिताउनेदेखि प्राथमिक उपचारको पद्धति सिकाएर गाउँगाउँमा प्राथमिक उपचार सेवा पुर्याउन ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमकी सभापति एवं हिमशिखर सामाजिक साँस्कृतिक समाजको सस्थापक अध्यक्ष उषा भट्टले तीनदिन दुई पालिकाबाट सहभागि २० जना स्वास्थ्यकर्मीलाई दिईने तालिमबाट दुबै पालिकाका गाउँ गाउँमा पुगेर बिभिन्न स्वास्थ्यकर्मीहरुलाई थप तालिम दिएर प्राथमिक उपचारबारे प्रशिक्षण सञ्चालन गर्ने बताउनुभयो ।

संस्थाका कोषाध्यक्ष प्रतिमा अर्यालले यहाँ तीन दिन तालिम लिएर गएका स्वास्थ्यकर्मीले सूर्यविनायक नगरपालिकाको वडा नं. ५, ७, ८ र ९ मा तथा बेथानचौर गाउँपालिकाको सबै वडामा प्रत्येक महिनाको दुई दिनको दरले स्वयंसेविकहरुलाई प्राथमिक उपचारबारे प्रशिक्षण दिने बताउनुभयो ।

भदौ महिनाबाट गाउँ गाउँमा सुरु हुने प्रशिक्षण २०८४ साउन महिनामा सम्पन्न हुने बताउदै उहाँले प्रशिक्षकहरुबाटै सबै वडाको गाउँ तहसम्म र विद्यालयहरुमा गरि एक वर्षमा चार हजार भन्दा बढीलाई प्राथमिक उपचार (First Aid), सिपिआर अर्थात श्वासप्रश्वास सुचारु गर्ने आपतकालिन तालिमलगायत अत्यावश्क तालिम प्रदान गरिने बताउनुभयो ।

प्रशिक्षक दिल्लीराम पाण्डेले प्रशिक्षणमा नसर्ने रोगहरु, बाल मृत्युदर, जलवायु परिवर्तन र स्वास्थ्यमा प्रभावलगायत बिभिन्न विषयमा जनचेतनामूलक तालिम दिएर गाउँगाउँमा पुर्याउने लक्ष्य लिएको बताउनुभयो ।

प्रकाशित मिति : २०८३, १८ श्रावण मंगलबार  ९ : ५१ बजे

सेनासँग समन्वयमै बागमती करिडोर विस्तार भएको रास्वपा सांसद पाण्डेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले

प्रदेश सरकार गठनको बहसबीच युवा संघका नेता लामाको सन्देश : “सरकारभन्दा पार्टी र संगठन बलियो हुनुपर्छ”

काठमाडौं । प्रदेश सरकार गठनलाई लिएर राजनीतिक वृत्तमा बहस चलिरहेका

थपलिया बेहोस नभई भावुक हुँदा गला अवरुद्ध भएको हो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश

एमाले नेता थपलिया अस्वस्थ, वीर अस्पतालमा उपचार जारी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ