काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टङ्कप्रसाद (टिपी) शर्मा तिमल्सिनाको आज बिहान निधन भएको छ। धुलिखेल अस्पतालमा उपचाररत तिमल्सिनाको बिहानै निधन भएको उनका भतिजा प्रकाश तिमल्सिनाले जानकारी दिएका छन्। ६७ वर्षीय तिमल्सिना २०७४ सालको स्थानीय तह निर्वाचनमा नमोबुद्ध नगरपालिकाका नगरप्रमुखमा निर्वाचित भएका थिए। गत साउन १० गते बिपी राजमार्गस्थित बीसकिलोमा छोरा किशोरले चलाएको स्कुटरमा सवार रहँदा…