२०८३, १९ आश्विन मंगलबार

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई पिपल्स डेन्टल कलेजमा २० प्रतिशतसम्म छुट

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई पिपल्स डेन्टल कलेजमा २० प्रतिशतसम्म छुट


काठमाडौं । नेपाल बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले अब पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालिबाट उपचार सेवा लिँदा विभिन्न स्वास्थ्य सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।

यसका लागि नेपाल बैंक लिमिटेड र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालिबीच सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो। सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक तथा बैंकमा कार्यरत कर्मचारीले काठमाडौंको नयाँबजारस्थित पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालि तथा सोअन्तर्गत सञ्चालित जनरल अस्पतालबाट उपचार सेवा लिँदा बिरामी दर्ता तथा चेकअप शुल्कमा शतप्रतिशतसम्म छुट पाउनेछन्। साथै, अस्पतालका विभिन्न उपचार तथा सेवामा १० देखि २० प्रतिशतसम्म छुट प्रदान गरिनेछ । सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालिका तर्फबाट प्रबन्ध निर्देशक रोशन लुइँटेलले हस्ताक्षर गरेका छन् ।

नेपाल बैंकले यस सम्झौताबाट आफ्ना ग्राहक तथा कर्मचारीले गुणस्तरीय दन्त तथा स्वास्थ्य सेवा सहुलियतपूर्ण शुल्कमा प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ। नेपालको पहिलो बैंकका रूपमा परिचित नेपाल बैंक लिमिटेडले देशभर २३१ शाखा, २४६ एटीएम र ५८ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले आधुनिक बैंकिङ प्रविधि, दक्ष व्यवस्थापन र गुणस्तरीय ग्राहक सेवामार्फत आफ्नो सेवा विस्तार गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८३, १९ श्रावण बुधबार  ८ : ३९ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि