२०८३, १० कार्तिक मंगलबार

थपलिया बेहोस नभई भावुक हुँदा गला अवरुद्ध भएको हो : महेश बस्नेत

थपलिया बेहोस नभई भावुक हुँदा गला अवरुद्ध भएको हो : महेश बस्नेत


काठमाडौं । नेकपा (एमाले) सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतले एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाबारे सार्वजनिक भएका समाचारप्रति आपत्ति जनाउँदै घटनाको वास्तविकता फरक रहेको बताएका छन्।

बस्नेतले भक्तपुरको गुण्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको छलफलका क्रममा थपलिया बेहोस भएर ढलेको भन्ने समाचार गलत भएको दाबी गरेका हुन्।

उनका अनुसार छलफलमा आफ्नो धारणा राख्ने क्रममा थपलिया भावुक भएका कारण केही समय गला अवरुद्ध भएको र सामान्य स्वास्थ्य असहजता मात्र देखिएको थियो।

बस्नेतले सामाजिक सञ्जालमार्फत केही सञ्चारमाध्यमले सामान्य स्वास्थ्य अवस्थालाई अतिरञ्जित गरेर प्रस्तुत गरेको आरोप लगाएका छन्।

उनले लेखेका छन्, “छलफलका क्रममा आफ्नो धारणा राख्ने क्रममा उहाँ केही भावुक हुँदा गला अवरुद्ध भएको र सामान्य स्वास्थ्य असहजता देखिएको अवस्थालाई तोडमोड गरेर प्रचार गरिएको हो।”

बस्नेतले घटनालाई अनावश्यक रूपमा ठूलो नबनाउन आग्रह गर्दै भ्रामक समाचारप्रति विश्वास नगर्न सबैलाई आग्रह गरेका छन्।

एमाले अध्यक्ष ओलीको निवासमा बागमती प्रदेश सरकार गठन र समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो। सोही क्रममा थपलियाको स्वास्थ्यमा समस्या देखिएपछि विभिन्न विवरण सार्वजनिक भएका थिए।

यसअघि थपलियाका परिवारले भने उनको उच्च रक्तचाप र सुगरको मात्रा बढेका कारण थप उपचारका लागि वीर अस्पताल लगिएको बताएका छन्। उनी हाल चिकित्सकको निगरानीमा उपचाररत रहेको जनाइएको छ।

प्रकाशित मिति : २०८३, १८ श्रावण मंगलबार  ४ : ३१ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना