काठमाडौं । पछिल्ला दिनमा कर्मचारीमाथि बढ्दो मनोवैज्ञानिक दबाब, संस्थागत हस्तक्षेप र लक्षित आक्रमणविरुद्ध निजामती सेवा ट्रेड युनियनहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई कडा रूपमा ध्यानाकर्षण गराएका छन्। नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी दाहाल, कार्यवाहक अध्यक्ष उत्तम कटुवालसहित ६ वटा युनियनका अध्यक्षहरूले संयुक्त रूपमा प्रधानमन्त्रीलाई भेट गरी राज्य संयन्त्रले नै कर्मचारीलाई डर त्रासमा राख्ने वातावरण बनाएको गुनासो…