२०८३, ३० भाद्र बुधबार

अमेरिकी विमानबाहक युद्धपोत जेराल्ड फोर्ड फिर्ता तयारीमा

काठमाडौँ ।  अमेरिका रेड सीमा तैनाथ युद्धपोत (जेराल्ड फोर्ड) नजिकैको बन्दरगाहमा फिर्ता ल्याउने तयारीमा रहेको छ। इरानसँगको तनावपूर्ण परिस्थितिमा महत्त्वपूर्ण भूमिका खेलेको यो जहाजमा पहिले आगलागी भएको थियो। मुख्य इन्जिनमा समस्या नभए पनि लामो समय समुद्रमा रहँदा मर्मत र विश्रामको लागि युद्धपोतलाई ग्रीसको क्रेते टापुस्थित सौदा बे बन्दरगाहमा लैजाने तयारी भइरहेको अमेरिकी अधिकारीहरूले बताएका छन्।