२०८३, १९ आश्विन मंगलबार

ब्यारोन ट्रम्पलाई मार्न १ करोड डलरको इनाम घोषणा? इरानी सरकारी टेलिभिजनको भिडियोपछि अमेरिका सतर्क

ब्यारोन ट्रम्पलाई मार्न १ करोड डलरको इनाम घोषणा? इरानी सरकारी टेलिभिजनको भिडियोपछि अमेरिका सतर्क


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारोन ट्रम्पलाई लक्षित गर्दै इरानको सरकारी टेलिभिजनबाट धम्कीपूर्ण भिडियो प्रसारण भएपछि अमेरिकी सुरक्षा निकाय सतर्क भएको छ।

इरानको सरकारी प्रसारक इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) बाट प्रसारित करिब तीन मिनेट लामो भिडियोमा २० वर्षीय ब्यारोन ट्रम्पलाई लक्षित गरिएको बताइएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार भिडियोमा अंग्रेजी भाषामै ‘ब्यारोन ट्रम्पलाई कहाँ मार्ने?’ भन्ने आशयको सन्देश राखिएको थियो। भिडियोमा ब्यारोन सार्वजनिक रूपमा जाने गरेका स्थानहरूको तस्बिर र ग्राफिक्ससमेत देखाइएको बताइएको छ। त्यसक्रममा न्यूयोर्कस्थित ट्रम्प टावरलाई समेत देखाइएको थियो।

भिडियोको अन्त्यतिर ब्यारोनको हत्या गर्नेलाई १ करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरिएको आशयको सन्देश राखिएको बताइएको छ। सरकारी टेलिभिजनबाटै यस्तो सामग्री प्रसारण भएपछि अमेरिकी सिक्रेट सर्भिसले घटनालाई गम्भीर रूपमा लिएको छ। सिक्रेट सर्भिसका प्रवक्ता नेट हेरिङले उक्त भिडियोबारे आफूहरू जानकार रहेको र सुरक्षा जिम्मेवारीमा रहेका व्यक्तिविरुद्ध खतरा मान्न सकिने कुनै पनि विषयको अनुसन्धान गरिने बताएका छन्।

यद्यपि सिक्रेट सर्भिसले भिडियोमा उल्लेख गरिएको धम्की तत्कालको वास्तविक सुरक्षा जोखिम हो कि होइन भन्नेबारे थप विवरण सार्वजनिक गरेको छैन। अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार उक्त भिडियो ट्रम्प र उनको परिवारलाई लक्षित गर्दै इरानबाट सञ्चालन भइरहेको भनिएको धम्कीपूर्ण अभियानकै एउटा हिस्सा हुन सक्छ। अमेरिका र इरानबीच लामो समयदेखि जारी तनावका बीच पछिल्लो घटना सार्वजनिक भएको हो। सन् २०२० मा तत्कालीन अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशमा भएको ड्रोन आक्रमणमा इरानका शक्तिशाली सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि इरानबाट ट्रम्पविरुद्ध प्रतिशोधको धम्कीहरू सार्वजनिक हुँदै आएका छन्।

इरानमा अमेरिकी विरोधी प्रदर्शनका क्रममा ट्रम्पविरुद्ध नाराबाजी र धम्कीपूर्ण पोस्टर प्रदर्शनसमेत हुने गरेका छन्। यसअघि ट्रम्प परिवारका अन्य सदस्यलाई समेत धम्की दिइएको रिपोर्टहरू सार्वजनिक भएका थिए। तर पछिल्लो भिडियोमा ट्रम्पका २० वर्षीय कान्छा छोरा ब्यारोनको नामै उल्लेख गर्दै हत्या र पुरस्कारको विषय उठाइएपछि अमेरिकी सुरक्षा निकाय थप सतर्क बनेको छ।

हालसम्म अमेरिकी अधिकारीहरूले ब्यारोन ट्रम्पमाथि तत्काल आक्रमणको कुनै ठोस योजना फेला परेको पुष्टि गरेका छैनन्। तर इरानको सरकारी सञ्चारमाध्यमबाटै यस्तो सामग्री सार्वजनिक हुनुलाई ट्रम्प परिवारको सुरक्षाका लागि गम्भीर चेतावनीका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८३, ९ भाद्र बुधबार  ९ : ४३ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि