२०८३, १९ आश्विन मंगलबार

संसदमा आज बालेनको परीक्षा : सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाह

संसदमा आज बालेनको परीक्षा : सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाह


काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रधानमन्त्री बालेन्द्र शाहका लागि महत्वपूर्ण बन्ने भएको छ। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका प्रश्नको प्रत्यक्ष जवाफ दिने कार्यसूची रहेको छ।

प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ बमोजिम सांसदहरूले सरकारका कामकारबाही तथा समसामयिक विषयमा सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री शाहले सदनमै दिनेछन्। प्रधानमन्त्रीको उपस्थितिलाई लिएर यसअघि संसदमा पटक–पटक बहस र दबाब सिर्जना हुँदै आएको पृष्ठभूमिमा आजको सवाल–जवाफलाई चासोका साथ हेरिएको छ। आजको बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ पनि सदनमा पेश गर्नेछन्। मुस्लिम आयोगले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत गरिसकेको छ।

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल–भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रतिनिधिसभामा पेश गर्ने कार्यसूची छ।

यसअघि प्रधानमन्त्रीको संसद् उपस्थितिलाई लिएर विपक्षी सांसदहरूले प्रश्न उठाउँदै आएका थिए। सरकार संसद्प्रति जवाफदेही हुनुपर्ने भन्दै प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने मागसमेत उठ्दै आएको थियो। त्यसैले आजको बैठकमा प्रधानमन्त्री शाहले सांसदका प्रश्नलाई कसरी सम्बोधन गर्छन् भन्ने विषयसँगै नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता र मुस्लिम आयोगको प्रतिवेदनसमेत मुख्य चासोका विषय बन्नेछन्।

प्रकाशित मिति : २०८३, ९ भाद्र बुधबार  ८ : १० बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि