२०८३, ९ कार्तिक सोमबार

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क र सुरक्षित रहन अपिल गरेका छन्।

अध्यक्ष ओलीले बुधबार सामाजिक सञ्जालमार्फत भोटेकोशी र त्रिशूली नदीमा बाढीको बहाव बढेकाले रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका हुन्। उनले विपद्को यस घडीमा सम्भावित जोखिमबाट जोगिन स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने निर्देशन पालना गर्नसमेत नागरिकलाई आग्रह गरेका छन्।

ओलीले पार्टीका नेता–कार्यकर्ता, जनसंगठन तथा स्वयंसेवकलाई भने उद्धार कार्यमा सहयोग गर्न तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। ‘सतर्क र सुरक्षित रहौँ,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बाढीका कारण रसुवाको भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव बढेको छ। रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न हार्दिक अपिल गर्दछु।’

उनले पार्टी, जनसंगठन तथा स्वयंसेवकहरूलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार कार्यमा सहयोग गर्न तयारी अवस्थामा रहनसमेत आग्रह गरेका छन्।

बाढी तथा पहिरोको जोखिम बढिरहेका बेला अध्यक्ष ओलीले नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै पार्टीको संगठनात्मक संयन्त्रलाई समेत सम्भावित उद्धार तथा राहतका लागि सक्रिय रहन निर्देशन दिएका हुन्।

प्रकाशित मिति : २०८३, ९ भाद्र बुधबार  १२ : २५ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि