२०८३, १९ आश्विन मंगलबार

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क र सुरक्षित रहन अपिल गरेका छन्।

अध्यक्ष ओलीले बुधबार सामाजिक सञ्जालमार्फत भोटेकोशी र त्रिशूली नदीमा बाढीको बहाव बढेकाले रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका हुन्। उनले विपद्को यस घडीमा सम्भावित जोखिमबाट जोगिन स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने निर्देशन पालना गर्नसमेत नागरिकलाई आग्रह गरेका छन्।

ओलीले पार्टीका नेता–कार्यकर्ता, जनसंगठन तथा स्वयंसेवकलाई भने उद्धार कार्यमा सहयोग गर्न तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। ‘सतर्क र सुरक्षित रहौँ,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बाढीका कारण रसुवाको भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव बढेको छ। रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न हार्दिक अपिल गर्दछु।’

उनले पार्टी, जनसंगठन तथा स्वयंसेवकहरूलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार कार्यमा सहयोग गर्न तयारी अवस्थामा रहनसमेत आग्रह गरेका छन्।

बाढी तथा पहिरोको जोखिम बढिरहेका बेला अध्यक्ष ओलीले नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै पार्टीको संगठनात्मक संयन्त्रलाई समेत सम्भावित उद्धार तथा राहतका लागि सक्रिय रहन निर्देशन दिएका हुन्।

प्रकाशित मिति : २०८३, ९ भाद्र बुधबार  १२ : २५ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि