२०८३, १९ आश्विन मंगलबार

भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ता : उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई निर्देशन

भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ता : उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई निर्देशन


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै प्रचण्डले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेका हुन्। उनले स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने निर्देशन पालना गर्न तथा सम्भावित जोखिमलाई ध्यानमा राखेर आवश्यक सावधानी अपनाउनसमेत अनुरोध गरेका छन्।

विपद्को समयमा नागरिकको जीवनरक्षा पहिलो दायित्व भएको उल्लेख गर्दै प्रचण्डले संघ, प्रदेश र स्थानीय सरकार, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज तथा आम नागरिकलाई एकजुट भएर उद्धार, राहत र मानवीय सहयोगमा जुट्न आह्वान गरेका छन्।

प्रचण्डले आफ्नो पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई प्रभावित क्षेत्रमा तत्काल परिचालन हुन निर्देशनसमेत दिएका छन्। स्थानीय प्रशासन र सुरक्षा निकायसँग आवश्यक समन्वय गरी उद्धार, राहत तथा मानवीय सेवामा सक्रिय रूपमा जुट्न उनले पार्टी पंक्तिलाई आग्रह गरेका हुन्।

बाढीबाट प्रभावित तथा जोखिममा रहेका नागरिकलाई संयमित रहन र सुरक्षित स्थानमा जानसमेत उनले अपिल गरेका छन्।

प्रकाशित मिति : २०८३, ९ भाद्र बुधबार  १२ : २३ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि