२०८३, ९ कार्तिक सोमबार

रसुवाको बाढीपछि रविको अपिल : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह

रसुवाको बाढीपछि रविको अपिल : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा, उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई आग्रह गरेका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै लामिछानेले बाढी तथा अन्य विपद्को जोखिममा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेका हुन्।

उनले जोखिमपूर्ण क्षेत्रमा नबस्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गरेका निर्देशन पूर्ण रूपमा पालना गर्नसमेत अनुरोध गरेका छन्।

‘रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राख्दै संयमित र जिम्मेवार ढंगले अघि बढ्न म पार्टीका सम्पूर्ण नेता, सदस्य तथा शुभेच्छुकहरूमा आग्रह गर्दछु,’ लामिछानेले भनेका छन्।

विपद्को समयमा सूचना प्रवाह गर्दा आधिकारिक सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विश्वसनीय सञ्चारमाध्यमबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन उनले आग्रह गरेका छन्।

लामिछानेले रास्वपाका स्थानीय तहदेखि केन्द्रीय तहसम्मका नेता तथा कार्यकर्तालाई सम्बन्धित प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार, राहत तथा स्वयंसेवी अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएका छन्।

‘पार्टीका स्थानीय तहदेखि केन्द्रीय तहसम्मका सम्पूर्ण साथीहरूलाई सम्बन्धित स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार, राहत तथा स्वयंसेवी कार्यमा सक्रिय रूपमा सहभागी हुन आग्रह गर्दछु,’ उनले भनेका छन्।

बाढीबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै लामिछानेले विपद्को यस कठिन समयमा सबैलाई संयमित रहन, सुरक्षित रहन र एकअर्कालाई सहयोग गर्नसमेत आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८३, ९ भाद्र बुधबार  १२ : २१ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि