२०८३, १९ आश्विन मंगलबार

रसुवाको बाढीपछि रविको अपिल : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह

रसुवाको बाढीपछि रविको अपिल : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा, उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई आग्रह गरेका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै लामिछानेले बाढी तथा अन्य विपद्को जोखिममा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेका हुन्।

उनले जोखिमपूर्ण क्षेत्रमा नबस्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गरेका निर्देशन पूर्ण रूपमा पालना गर्नसमेत अनुरोध गरेका छन्।

‘रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राख्दै संयमित र जिम्मेवार ढंगले अघि बढ्न म पार्टीका सम्पूर्ण नेता, सदस्य तथा शुभेच्छुकहरूमा आग्रह गर्दछु,’ लामिछानेले भनेका छन्।

विपद्को समयमा सूचना प्रवाह गर्दा आधिकारिक सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विश्वसनीय सञ्चारमाध्यमबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन उनले आग्रह गरेका छन्।

लामिछानेले रास्वपाका स्थानीय तहदेखि केन्द्रीय तहसम्मका नेता तथा कार्यकर्तालाई सम्बन्धित प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार, राहत तथा स्वयंसेवी अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएका छन्।

‘पार्टीका स्थानीय तहदेखि केन्द्रीय तहसम्मका सम्पूर्ण साथीहरूलाई सम्बन्धित स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार, राहत तथा स्वयंसेवी कार्यमा सक्रिय रूपमा सहभागी हुन आग्रह गर्दछु,’ उनले भनेका छन्।

बाढीबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै लामिछानेले विपद्को यस कठिन समयमा सबैलाई संयमित रहन, सुरक्षित रहन र एकअर्कालाई सहयोग गर्नसमेत आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८३, ९ भाद्र बुधबार  १२ : २१ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि