२०८३, १८ आश्विन सोमबार

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठक केहीबेरमा सुरु हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

तिब्बततर्फबाट आएको बाढीका कारण रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो क्षति भएपछि त्यसको अवस्था, उद्धार तथा राहतका विषयमा आवश्यक निर्णय लिन प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

बाढीबाट प्रभावित क्षेत्रमा सुरक्षा निकाय परिचालन गरी उद्धार तथा राहतका काम भइरहेको छ। जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा प्रभावित क्षेत्रमा आवश्यक जनशक्ति, स्वास्थ्य सेवा र राहत सामग्री पुर्‍याउने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।

बाढीबाट भएको क्षति तथा तत्काल आवश्यक पर्ने थप उद्धार र राहतसम्बन्धी कदमबारे मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३, ९ भाद्र बुधबार  १२ : २९ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय