२०८३, ३० भाद्र बुधबार

एमालेको समीक्षा : भदौ २३-२४ घटनाबारे गलत भाष्यले जनमत प्रभावित

काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीले भदौ २३ र २४ का घटनाबारे जनतासमक्ष सही ढंगले कुरा राख्न नसक्दा एमालेविरुद्ध नकारात्मक जनमत बनेको बताएका छन्। आज बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले चुनावी समीक्षा औपचारिक रूपमा छलफल नभएको बताए। अध्यक्ष केपी शर्मा ओली शोकमा रहेकाले मुक्त भएपछि मात्रै विस्तृत समीक्षा हुने उनले बताए।…