२०८३, १९ आश्विन मंगलबार

रसुवाको भोटेकोशीमा एक्कासि ठूलो बाढी, पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता

रसुवाको भोटेकोशीमा एक्कासि ठूलो बाढी, पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता


काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी आएको छ। तिब्बततर्फबाट आएको बाढीका कारण नदीको बहाव बढेपछि आसपासका बस्तीमा त्रास फैलिएको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बिहान करिब सवा ९ बजे तिब्बततर्फबाट ठूलो बाढी आएको सूचना प्राप्त भएको हो। उनका अनुसार बाढीबाट भएको क्षतिको विवरण भने अहिलेसम्म यकिन हुन सकेको छैन। प्रशासनले सम्भावित क्षतिको विवरण संकलन तथा अवस्थाबारे जानकारी लिने काम गरिरहेको छ।

‘बिहान करिब सवा ९ बजेतिर तिब्बततर्फबाट ठूलो बाढी आएको जानकारी पाएको छु। के–कति क्षति भएको छ भन्ने अहिले नै यकिन भन्न सक्ने अवस्था छैन,’ प्रमुख जिल्ला अधिकारी परियारले भने। भोटेकोशीमा बाढीको बहाव बढेपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने नदी तथा खोलाका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

प्रशासनले नदीको बहाव थप बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदी किनारमा नजान, सुरक्षित स्थानमा रहन तथा स्थानीय प्रशासनले जारी गर्ने सूचनालाई ध्यानपूर्वक पालना गर्न आग्रह गरेको छ। बाढीको कारण तथा क्षतिको विस्तृत विवरण भने थप प्राप्त हुन बाँकी छ।

प्रकाशित मिति : २०८३, ९ भाद्र बुधबार  १० : ०१ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि