२०८२, २४ फाल्गुन सोमबार

रास्वपा र राप्रपाले आज पनि गरे सदन अवरोध

काठमाडौं । आज पनि संसद्‍मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राप्रपाले अवरोध गरेको छ । प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै रास्वपाका सांसदहरूले उठेर अवरोध गरेका हुन् । रास्वपाका सांसदहरु अहिले वेल घेराउ गरिरहेका छन् भने राप्रपा सांसदहरु बैठकबाट बाहिरिएका छन्।