सिन्धुली: नेकपा एमाले कमलामाई नगरपालिका कमिटीको बैठक विभिन्न निर्णयगर्दै सकिएको छ । हिजो मंगलवार आजाद भवनमा भएको बैठकले तोकिएकै समयमा जनसंगठनहरुको अधिवेशन सम्पन्न गर्ने र पार्टी कमिटीलाई सक्रिय बनाउँदै आम नागरिकको आशा र भरोसाको केन्द्र बनाउने निर्णय गरेको अध्यक्ष सुन्दर घिसिङले जानकारी दिए ।उनका अनुसार एमालेका केन्द्रीय सदस्य विषमलाल अधिकारी दनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकले…