२०८३, १० कार्तिक मंगलबार

एमाले सचिवालय बैठकमा ११ एजेन्डा प्रवेश, संगठनदेखि सरकार समीक्षा सम्मको बहस

एमाले सचिवालय बैठकमा ११ एजेन्डा प्रवेश, संगठनदेखि सरकार समीक्षा सम्मको बहस


काठमाडौं । नेकपा एमाले को सचिवालय बैठकमा पार्टीको आन्तरिक व्यवस्थापनदेखि सरकारको कामकारबाहीसम्मका विषयमा व्यापक छलफल सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बसेको बैठकमा ११ वटा महत्वपूर्ण एजेन्डा प्रस्तुत गरिएको हो ।

उपमहासचिव लेखराज भट्ट का अनुसार बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ भने सचिवालयको अर्को बैठक जेठ ८ गते बस्ने तय गरिएको छ ।

बैठकमा सबैभन्दा बढी चासोको विषय पदाधिकारीहरुको वरियताक्रम र नेताहरुको जिम्मेवारी बाँडफाँट बनेको छ । महाधिवेशनपछि लामो समयसम्म कार्यविभाजन टुंगिन नसकेको अवस्थामा एमाले अब संगठनलाई सक्रिय बनाउने मोडमा पुगेको नेताहरुले बताएका छन् ।

सदस्यता नवीकरण तथा विस्तार अभियानलाई तीव्र बनाउने, केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीसहित मैदानमा खटाउने तथा पार्टी संरचनालाई स्थानीय तहसम्म प्रभावकारी बनाउने रणनीतिमा एमाले केन्द्रित देखिएको छ ।

यस्तै, बैठकमा सरकारको कामको समीक्षा पनि प्रमुख एजेन्डाका रूपमा उठाइएको छ । जनतासँग जोडिएका मुद्दामा सरकार प्रभावकारी बन्न नसकेको, सुशासन र सेवा प्रवाहमा कमजोरी देखिएको लगायत विषयमा नेताहरुले धारणा राखेको स्रोतको भनाइ छ ।

एमालेले अब संविधान संशोधनको बहसलाई पनि औपचारिक रूपमा अघि बढाउने संकेत दिएको छ । त्यसका लागि सुझाव संकलन गर्न कार्यदल गठन गर्ने तयारी गरिएको छ । साथै, पछिल्लो निर्वाचनको समीक्षा प्रतिवेदन तयार पार्न छुट्टै कार्यदल बनाउने विषयमा पनि छलफल भएको छ ।

बैठकमा पार्टीको दीर्घकालीन संरचनागत योजनामाथि समेत चर्चा भएको छ । केन्द्रीय कार्यालय भवन निर्माण, पार्टी सम्पत्ति व्यवस्थापन तथा नीति अध्ययन एवं अनुसन्धान प्रतिष्ठानलाई सक्रिय बनाउने विषयलाई एमालेले प्राथमिकतामा राखेको छ ।

अध्यक्ष ओलीले बैठकलाई सम्बोधन गर्दै संगठनलाई अझ चलायमान, अनुशासित र परिणाममुखी बनाउन निर्देशन दिएका थिए । उनले आगामी राजनीतिक चुनौती सामना गर्न पार्टी पंक्तिलाई जनतामाझ अझ सशक्त रूपमा उत्रिनुपर्नेमा जोड दिएको एमाले स्रोतले जनाएको छ ।

एमाले अहिले संगठन पुनर्गठन, नेतृत्व व्यवस्थापन र आगामी निर्वाचन केन्द्रित तयारीलाई समानान्तर रूपमा अगाडि बढाउने रणनीतिमा देखिएको छ ।

प्रकाशित मिति : २०८३, ३ जेष्ठ सोमबार  ६ : १० बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा