२०८३, १० कार्तिक मंगलबार

एमाले सचिवालय बैठक आज : कार्यविभाजन टुंग्याउने तयारी

एमाले सचिवालय बैठक आज : कार्यविभाजन टुंग्याउने तयारी


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डुमा रहेको निजी निवासमा बिहान ११ बजे बैठक सुरु हुने तय भएको छ ।

पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार आजको बैठकको मुख्य एजेण्डा केन्द्रीय पदाधिकारी र सदस्यहरूको कार्यविभाजन टुंग्याउनु हो । गत मंसिरमा सम्पन्न ११औँ महाधिवेशनपछि निर्वाचित नेतृत्वलाई जिम्मेवारी बाँडफाँड गर्ने प्रक्रिया अझै बाँकी रहेको छ ।

यसअघि बसेको सचिवालय बैठकमा कार्यविभाजनको प्रारम्भिक प्रस्ताव प्रस्तुत गरिएको थियो, जसलाई आज अन्तिम रूप दिने तयारी गरिएको छ । पार्टी संगठनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित जिम्मेवारी स्पष्ट गर्ने तयारी भएको बताइएको छ ।

बैठकले पछिल्ला राजनीतिक निर्णयहरूका कारण थप महत्व पाएको छ । केही दिनअघि मात्रै सचिवालयले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको होल्डमा राखिएको पार्टी सदस्यता नवीकरण खुलाउने निर्णय गरेको थियो । सो निर्णयपछि पार्टीभित्र र बाहिर राजनीतिक चासो थप बढेको देखिन्छ ।

आजको बैठकले संगठनात्मक जिम्मेवारीसँगै आगामी राजनीतिक रणनीतिमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३, ७ जेष्ठ शुक्रबार  ८ : ०२ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा