२०८३, १० कार्तिक मंगलबार

स्कटल्याण्ड १९४ रनमा अलआउट, ललित–सन्दीपको घातक बलिङ, नेपाललाई १९५ रनको लक्ष्य

स्कटल्याण्ड १९४ रनमा अलआउट, ललित–सन्दीपको घातक बलिङ, नेपाललाई १९५ रनको लक्ष्य


काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा स्कटल्याण्ड १९४ रनमै समेटिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्ड ३९.१ ओभरमा अलआउट भयो।

स्कटल्याण्डका लागि ब्रेन्डन म्याकमुलेनले सर्वाधिक ७७ रनको योगदान दिए। त्यस्तै माइकल लिस्कले अर्धशतक प्रहार गरे भने जर्ज मुन्सीले २१ तथा मार्क वाटले २० रन जोडे। अन्य ब्याट्सम्यान भने दोहोरो अंकमा पुग्न सकेनन्।

नेपालका लागि बलिङतर्फ उत्कृष्ट प्रदर्शन देखियो। ललित राजवंशी ले ४ विकेट लिए भने सन्दीप लामिछाने ले ३ विकेट हात पारे। नन्दन यादव, दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले एक–एक विकेट लिए।

यसै खेलमा सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट पूरा गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। उनले ७३ खेलमै यो कीर्तिमान बनाएका हुन्। यसअघि यो रेकर्ड अष्ट्रेलियाका मिचेल स्टार्कको नाममा थियो, जसले ७७ खेलमा १५० विकेट पूरा गरेका थिए।

यससँगै नेपालले जितका लागि १९५ रनको लक्ष्य पाएको छ।

प्रकाशित मिति : २०८३, ३ जेष्ठ सोमबार  १ : १८ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा