२०८३, ३० भाद्र बुधबार

रानीकोटस्थित भिजेल हाईल्याण्ड रिसोर्ट दक्षिण एशियाकै प्रतिष्ठित एशियाली ट्राभल अवार्ड साटा–२०२६ का लागि मनोनयन

रानीकोटस्थित भिजेल हाईल्याण्ड रिसोर्ट दक्षिण एशियाकै प्रतिष्ठित एशियाली ट्राभल अवार्ड साटा–२०२६ का लागि मनोनयन


भक्तपुर, ५ जेठ : नगरकोटपछिको दोश्रो चर्चित पर्यटकीय क्षेत्रको रुपमा पहिचान बनेको भक्तपुरको रानीकोटस्थित भिजेल हाईल्याण्ड रिसोर्ट दक्षिण एशियाकै प्रतिष्ठित एशियाली ट्राभल अवार्ड साटा–२०२६ का लागि मनोनयनमा परेको छ ।

दक्षिण एशियाली पर्यटन तथा होटल उद्योगमा महत्वपूर्ण मानिदै आएको साटा अवार्डले हरेकवर्ष विश्वभरका उत्कृष्ट होटल, रिसोर्ट, ट्राभल कम्पनी, पर्यटन व्यवसायलाई सम्मान गर्दै आएको छ । अवार्डका लागि यसवर्ष रानीकोटस्थित भिलेज हाईल्याण्ड रिसोर्ट मनोनयनमा परेको हो ।

रानीकोटको पर्यटकीय विकासका लागि २० वर्ष अगाडिदेखि निरन्तर लाग्दै आउनु भएका पर्यटन व्यवसायी रामसुन्दर बकेले सञ्चालन गरेको रानीकोटको भिलेज हाईल्याण्ड रिसोर्ट अवार्डका लागि मनोनयमा पर्दा यहाँका पर्यटन व्यवसायी उत्साहित भएको बताउनुभयो ।

पर्यटन व्यवसायी बकेंले भन्नुभयो, ‘नेपालमा फस्टाउँदै गएको पर्यटन व्यवायलाई विश्वमाझ पुर्याउन सिंगो नेपाली पर्यटन क्षेत्रका लागि यो महत्वपूर्ण उपलब्धि पनि हो, अन्तर्राष्ट्रियस्तरमा नेपाली होटल तथा रिसोर्टको उपस्थिति बढ्दै जानु नेपालको पर्यटन प्रवद्र्धनका लागि सकारात्मक हो ।’

नेपालको पर्यटकीय पहिचानलाई विश्वभर पुर्याउँदै विदेशी पर्यटकलाई नेपालमा आकर्षित गर्ने सुनौलो अवसर जुरेको भन्दै उहाँले रानीकोटको प्राकृतिक छटा, शान्त, हरियाली, परिवर्तित मौषम, प्रसिद्ध आठ हिमाल एवं उपत्यकाको मनोरम दृश्यावलोकनले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरेको उहाँ बताउनुहुन्छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ र काभ्रेको पनौती नगरपालिका–१ र्यालेको संगमस्थलसमेत रहेको रानीकोटमा पर्यटकीय चाप बढेसंगै दर्जन साना तथा ठूला होटल यहाँ थपिएका छन् ।

यहाँबाट काठमाण्डौं उपत्यकासहित लाङटाङ हिमशृंखलासम्मको मनोरम दृश्यावलोकन गर्न सकिन्छ भन्दै उहाँले यहाँ हाइकिङ, नेचर वाक, बर्ड वाचिङ, ग्रामिण पर्यटनको अनुभव लिदै ऐतिहासिक रानीकोट गढीँदेखि प्रसिद्ध बाघ भैरब मन्दिर, घयाम्पेडाँडा, पारीपट्टीको डोलेश्वर महादेव मन्दिर, प्रसिद्ध आशापुरी मन्दिर, बोकाचो गढीसम्मको दुईघण्टासम्मको हाईकिङ्गसमेत गर्न सकिने बताउनुहुन्छ ।

रिसोर्टले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत साटा २०२६ को मनोनयनबारे जानकारी दिँदै समर्थक तथा शुभेच्छुकलाई अनलाइन भोट गर्दै पर्यटनव्यवसायीलाई उत्साह थप्न आग्रह समेत गरेको छ ।

सन् २०१६ देखि विश्वभरका पर्यटन व्यवसाय र व्यवसायीलाई उत्साह एवं अभिप्रैरित गर्ने उदेश्यले अन्तर्राष्ट्रिय अवार्डको रुपमा सञ्चालन हुँदै आएको दक्षिण एसियाली ट्राभल अवाड्र्स साटा नेपालका लागि पनि अवसरका बन्दै आएको छ ।

नेपाल, भारत, श्रीलंका, माल्दिभ्स, भुटान तथा बंगलादेशलगायत दक्षिण एसियाली मुलुकका पर्यटन तथा होटल व्यवसायबीच साटामा प्रतिस्पर्धा हुने पर्यटन व्यवसायी बकेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८३, ४ जेष्ठ मंगलबार  १० : २७ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक