काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति भोलि पार्टी मुख्यालय सानेपा जाने भएको छ। सभापति थापाले भोलिका लागि केन्द्रीय समिति बैठक आह्वान गर्दै पार्टी मुख्यालय जाने कार्यक्रम तय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्। उनका अनुसार भोलि सानेपामा बस्ने बैठकले पार्टीको भावी कार्यदिशा, संगठन सुदृढीकरण तथा पछिल्ला राजनीतिक…