२०८३, ३० भाद्र बुधबार

राजावादीकै कार्यक्रममा अपमानित कमल थापा, आक्रोशमा युवकको घाँटी समाते

राजावादीकै कार्यक्रममा अपमानित कमल थापा, आक्रोशमा युवकको घाँटी समाते


काठमाडौं । राजसंस्थाको एजेन्डा बोकेर वर्षौंदेखि राजनीति गर्दै आएका कमल थापा आफ्नै समर्थक समूहको नाराबाजी र हुटिङपछि आक्रोशित बनेका छन्। ललितपुरस्थित होटल हिमालय मा आयोजित ‘वैदिक सनातन हिन्दु अधिराज्य नेपाल’ विषयक कार्यक्रममा थापाविरुद्ध चर्को विरोध भएपछि अवस्था तनावपूर्ण बनेको थियो।

पृथ्वी पथ प्रतिष्ठान ले आयोजना गरेको कार्यक्रममा सुरुमा शान्त वातावरण रहे पनि मन्तव्य सकिएलगत्तै केही युवाहरू थापामाथि खनिएका थिए। जेनजी युवा सुरेन्द्रजंग थापाले माइक समातेर कमल थापालाई “राजावादी आन्दोलन कमजोर बनाएको” आरोप लगाएपछि हलभित्र नाराबाजी चर्किएको थियो।

राजाको पक्षमा नारा लागिरहँदा कमल थापा भने स्पष्ट रूपमा असहज देखिएका थिए। स्थिति नियन्त्रणबाहिर जान थालेपछि उनी मञ्चबाट तल झरेका थिए। त्यसक्रममा भिडियो खिचिरहेका अनिष त्रिपाठी नामका युवकसँग उनको भनाभन भएको थियो। प्रत्यक्षदर्शीका अनुसार थापा आक्रोशमा पुगेर युवकको घाँटी समाउन पुगेका थिए।

घटनापछि हलभित्र केहीबेर अफरातफरीको अवस्था बनेको थियो। युवकले “म पत्रकार होइन, भिडियो मात्रै खिचिरहेको थिएँ” भन्दै थापामाथि दुर्व्यवहारको आरोप लगाए। सार्वजनिक भिडियोमा उनी कमल थापाप्रति आक्रामक रूपमा प्रस्तुत भएको पनि देखिन्छ।

घटनाले राजावादी वृत्तभित्रै बढ्दो असन्तुष्टि र आन्तरिक विभाजन सतहमा आएको टिप्पणी हुन थालेको छ। एक समय राजसंस्थाको मुख्य अनुहार बनेका कमल थापा अहिले आफ्नै लाइनका युवाबाट घेरिनु अर्थपूर्ण रूपमा हेरिएको छ।

घटनापछि मोहन श्रेष्ठ ले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै कमल थापामाथि गरिएको व्यवहारलाई “अभद्र” र “खेदजनक” बताएका छन्।

प्रकाशित मिति : २०८३, २ जेष्ठ आईतबार  २ : २६ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक