काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक दबाब सिर्जना गर्दै संसदमा उपस्थित भएर प्रत्यक्ष जवाफ दिन माग गरेको छ। कांग्रेस सांसद गीता गुरुङले प्रधानमन्त्री निरन्तर संसदबाट अनुपस्थित रहेको भन्दै सभामुखमार्फत रुलिङ गर्न आग्रह गरिन्। उनले सरकार जनताका गम्भीर प्रश्नको उत्तर दिनुको सट्टा विषयान्तर र प्रचारमुखी गतिविधिमा व्यस्त रहेको आरोप लगाइन्। मन्त्रीहरूको सम्पत्तिमाथि…