२०८३, ९ कार्तिक सोमबार

बाढीपहिरोका कारण कांग्रेसको महिला उद्यमशीलता सम्मेलन स्थगित

बाढीपहिरोका कारण कांग्रेसको महिला उद्यमशीलता सम्मेलन स्थगित


काठमाडौं । देशका विभिन्न स्थानमा बाढी तथा प्रतिकूल मौसमका कारण नेपाली कांग्रेसले भोलि आयोजना गर्ने भनिएको ‘महिला उद्यमशीलता सम्मेलन २०८३’ स्थगित गरेको छ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भदौ ११ गते आयोजना गर्ने तय गरेको सम्मेलन देशभरको विपद् र असहज परिस्थितिलाई मध्यनजर गर्दै अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ।

प्रतिष्ठानका अनुसार हालको अवस्थामा कार्यक्रम सञ्चालन गर्नु उपयुक्त नभएकाले सम्मेलन स्थगित गरिएको हो।

सम्मेलनमा सहभागी हुने महिला उद्यमी, वक्ता, अतिथि, प्रतिनिधि तथा सहयोगी संस्थालाई पर्न गएको असुविधाप्रति प्रतिष्ठानले क्षमायाचना गरेको छ। सम्मेलनको नयाँ मिति र कार्यक्रमसम्बन्धी जानकारी पछि सार्वजनिक गरिने जनाइएको छ।

प्रकाशित मिति : २०८३, ९ भाद्र बुधबार  ६ : ०४ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि