२०८३, १९ आश्विन मंगलबार

सिंहदरबारमा सर्वदलीय बैठक सुरु, बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतबारे छलफल

सिंहदरबारमा सर्वदलीय बैठक सुरु, बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतबारे छलफल


काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन्।

सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा रास्वपा सभापति लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन तथा राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीलगायत सहभागी छन्।

बैठकमा बुधबार तिब्बततर्फबाट आएको बाढीका कारण भएको जनधनको क्षति, खोज तथा उद्धार, राहत वितरण र पुनर्स्थापनाका विषयमा छलफल भइरहेको छ।

बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ भने भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रका विभिन्न बस्तीमा बाढीले ठूलो क्षति पुर्‍याएको छ।

यसअघि विभिन्न राजनीतिक दलहरूले सार्वजनिक रूपमा तथा संसद्मार्फत प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए। साथै भविष्यमा सम्भावित विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि प्रभावकारी पूर्वतयारी र दीर्घकालीन नीति आवश्यक रहेको उनीहरूले बताएका छन्।

प्रकाशित मिति : २०८३, १० भाद्र बिहीबार  ९ : ५३ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि