२०८३, ९ कार्तिक सोमबार

भोटेकोशी बाढीबारे रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

भोटेकोशी बाढीबारे रवि लामिछानेले बोलाए सर्वदलीय बैठक


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट भएको क्षति तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक आह्वान गरेका छन्।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।

बैठकमा भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको समीक्षा गरिनेछ। साथै, बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धार, प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने र क्षतिग्रस्त क्षेत्रमा पुनःस्थापना अघि बढाउने विषयमा छलफल हुने बताइएको छ।

रास्वपाका अनुसार बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका काम प्रभावकारी बनाउन तथा दीर्घकालीन पुनःस्थापनाका लागि राजनीतिक दलहरूबीच आवश्यक समन्वय र सहकार्य गर्ने उद्देश्यले बैठक बोलाइएको हो।

बैठकमार्फत बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि साझा पहल र आवश्यक रणनीति तय गर्ने तयारी गरिएको छ।

प्रकाशित मिति : २०८३, १० भाद्र बिहीबार  ७ : ४३ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि