काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै फर्काउन हरसम्भव प्रयास गर्ने बताउनुभएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनको १२औँ साधारणसभालाई सम्बोधन गर्दै उहाँले रोजगारी प्रवर्द्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रम अहिलेको आवश्यकता रहेकोमा जोड दिनुभयो । कृषि क्षेत्रमा युवा पुस्ताको आकर्षण बढ्न नसकेको अवस्थामा जुनसुकै उपायहरू…