२०८३, २२ आश्विन शुक्रबार

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा बिहानैदेखि भीड लागेको छ। लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ आजदेखि खुला भएसँगै टिकट काट्ने यात्रुको चहलपहल बढेको हो। दशैंमा आफ्नो गाउँघर फर्किने यात्रुहरू रातिदेखि नै नयाँ बसपार्क पुगेर टिकट लिन थालेका छन्। अग्रिम टिकट बुकिङ सुरु भएसँगै…