२०८३, ३१ श्रावण सोमबार

महिला समूहले मनाए तिज कार्यक्रम

महिला समूहले मनाए तिज कार्यक्रम


सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ६ स्थित एक नम्बर बजार टोल विकास संस्थाका महिलाहरुले तिजको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन् । आउँदै गरेको नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको समूहकी सचिव रेजिना श्रेष्ठले जानकारी दिइन् ।
कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता समूहकी अध्यक्ष अध्यक्ष दुर्गा श्रेष्ठ, स्वागत मन्तब्य सबिना बस्नेत र सञ्चालन सचिव रेजिना श्रेष्ठले गरेकी थिइन् । कार्यक्रममा समूहमा आवद्ध ६० जना महिलाहरुको सहभागिता रहेको थियो ।


कार्यक्रमलाई प्रमुख अतिथीका रुपमा सम्बोधनगर्दै उपप्रमुख देवकोटाले आगामी दिनमा समूहका तर्फबाट रचनात्मक कामहरु अगाडि बढाउन सुझाब दिंदै आफ्‌नो तर्फबाट समूहलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएकी थिइन् । उनले समूहले महिला अधिकार र पिडित महिलाहरुको सवाललाई पनि उठान गर्न र आफ्‌नो टोल समूहमा सरसफाई अभियान पनि सञ्चालन गर्न सुझाएकी थिइन् । उनले आगामी दिनमा कमलामाई नगरपालिकाको तर्फबाट पनि समूहलाई सहयोग गर्ने बचन दिएकी थिइन ।

कार्यक्रममा हाँडी फुटाउने खेलमा प्रथम हुने शोभा श्रेष्ठ र राम्रो नृत्य प्रस्तुत गर्ने ३ जना महिलाहरु दीक्षा थापा,कञ्चन फुयाँल र चुनु लामिछानेलाई प्रमुख अतिथी देवकोटाले नगद पुरस्कार प्रदान गरेकी थिइन । कार्यक्रमकी प्रमुख अतिथी देवकोटा म्यूजिकल चेयर प्रतियोगितामा प्रथम बनेकी थिइन् । सो कार्यक्रमको एसएलआर फिल्म हाउसले निःशुल्क रुपमा भिडियो शुट गरिदिएको थियो भने नेवा ल्याम दबुबाट ५ हजार आर्थिक सहयोग र न्यूजेके डेक्सटपले व्यानर सहयोग गरेको थियो । शुभकामना आदान प्रदान कार्यक्रमसँगै उपस्थित महिलाहरुले दर खाएर महिला अधिकार एवम् सामाजिक परिर्वतन पक्षधर मनोरञ्जनात्मक गित तथा नृत्यहरु प्रस्तुत गरेको सचिव श्रेष्ठले जानकारी दिएकी थिइन् ।

प्रकाशित मिति : २०८२, ३ भाद्र मंगलबार  ९ : २१ बजे

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत

यातायात ऐनमा चर्को जरिवाना र चालकलाई अपराधीकरण नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित “सवारी तथा