२०८३, १२ कार्तिक बिहीबार

सर्लाहीमा गोली हानेर शिक्षकको हत्या, एक जना पक्राउ

सर्लाहीमा गोली हानेर शिक्षकको हत्या, एक जना पक्राउ


सर्लाही । सर्लाहीमा एक जना शिक्षकलाई गोली हानी हत्या गरिएको छ । जिल्लाको हरिवन नगरपालिका–७ निवासी ५५ वर्षीय शिक्षक रामपुकार यादवको शनिबार राति घर अगाडि गोली प्रहारबाट मृत्यु भएको हो ।

प्रहरीका अनुसार राति करिब साढे ८ बजे मोटरसाइकलमा आएका हतियारधारीले यादवको टाउकोमा गोली प्रहार गरी फरार भएका थिए । गम्भीर घाइते भएका यादवलाई उपचारका लागि महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक अस्पताल ल्याउँदै गर्दा बाटैमा उनको मृत्यु भएको थियो ।

गोली प्रहारमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । भाग्ने क्रममा मोटरसाइकल दुर्घटनामा परेका ती व्यक्ति गम्भीर घाइते भएका र उनलाई प्रारम्भिक उपचारपछि प्रादेशिक अस्पताल जनकपुर पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८२, ३१ श्रावण शनिबार  १० : ०३ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता