२०८३, १५ असार मंगलबार

सर्लाहीमा गोली हानेर शिक्षकको हत्या, एक जना पक्राउ

सर्लाहीमा गोली हानेर शिक्षकको हत्या, एक जना पक्राउ


सर्लाही । सर्लाहीमा एक जना शिक्षकलाई गोली हानी हत्या गरिएको छ । जिल्लाको हरिवन नगरपालिका–७ निवासी ५५ वर्षीय शिक्षक रामपुकार यादवको शनिबार राति घर अगाडि गोली प्रहारबाट मृत्यु भएको हो ।

प्रहरीका अनुसार राति करिब साढे ८ बजे मोटरसाइकलमा आएका हतियारधारीले यादवको टाउकोमा गोली प्रहार गरी फरार भएका थिए । गम्भीर घाइते भएका यादवलाई उपचारका लागि महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक अस्पताल ल्याउँदै गर्दा बाटैमा उनको मृत्यु भएको थियो ।

गोली प्रहारमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । भाग्ने क्रममा मोटरसाइकल दुर्घटनामा परेका ती व्यक्ति गम्भीर घाइते भएका र उनलाई प्रारम्भिक उपचारपछि प्रादेशिक अस्पताल जनकपुर पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८२, ३१ श्रावण शनिबार  १० : ०३ बजे

हुलाक सेवा निजी क्षेत्रसँग साझेदारीमा सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक

लमहीमा देउवा पक्षको प्रदेश भेला, संगठन सुदृढीकरणमा जोड

दाङ । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा निकट नेताहरूको लुम्बिनी

रास्वपाले सच्यायो मतपरिणाम, पूजा बास्तोला र ध्रुव थापामगर केन्द्रीय सदस्य घोषित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनको मतपरिणाममा देखिएको त्रुटि

त्रिविको नयाँ घोषणा : ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’, दलीय संरचना हटाइने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल (Voice of

कोशी बजेट विवाद मिलाउन कार्यदल, संशोधनमै कानुनी अन्योल

विराटनगर । कोशी प्रदेश सरकारको बजेटलाई लिएर सत्ता गठबन्धनभित्रै विवाद