२०८३, १९ आश्विन मंगलबार

राष्ट्रपति पौडेल र भारतीय विदेश सचिवबीच शिष्टाचार भेट

राष्ट्रपति पौडेल र भारतीय विदेश सचिवबीच शिष्टाचार भेट


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आइतबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् ।

भेटका क्रममा राष्ट्रपति पौडेलले भारतले सामाजिक, आर्थिक तथा प्राविधिक क्षेत्रमा देखाएको प्रगतिबाट नेपालले लाभ पाएको र अझ बढी लाभान्वित हुन चाहेको बताएका छन् । उनले दुई देशबीचको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्ने नेपाल सरकारको प्रतिबद्धता व्यक्त गर्दै भारतको ‘छिमेक पहिलो नीति’लाई पनि स्वागत गरेका छन् ।

भारतीय विदेश सचिव मिश्रीले पनि प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी नीतिअनुसार नेपाललाई विशेष प्राथमिकतामा राखिएको र दुवै देशबीच कनेक्टिभिटी र सहयोग बढाउन आफ्नो भ्रमणले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । यस भेटघाटले नेपाल–भारतबीचको पारंपरिक मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित मिति : २०८२, १ भाद्र आईतबार  ४ : ३५ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि