सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा दलित र पिछडिएका समुदायलाई लक्षित गर्दै धार्मिक कर्मकाण्ड सम्बन्धी तालिम सुरु गरिएको छ। माप्यदुधकोशी गाउँपालिकाको आयोजनामा भएको एक साताको तालिमले समुदायका प्रतिनिधिहरूलाई हिन्दु धर्मका विभिन्न पूजा, संस्कार र धार्मिक विधिमा व्यवहारिक सीप प्रदान गर्ने उद्देश्य राखेको छ। गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले तालिमको आवश्यकता र यसको सामाजिक महत्वबारे बताए। उनका अनुसार, “छुवाछुत…