२०८३, १८ आश्विन सोमबार

इजरायल जान नेपाली युवाको भीड, यस्तो छ केयरगिभर बन्ने ‘गोल्डेन चान्स’

इजरायल जान नेपाली युवाको भीड, यस्तो छ केयरगिभर बन्ने ‘गोल्डेन चान्स’


काठमाडौं । वैदेशिक रोजगारीमा उच्च आम्दानी खोजिरहेका नेपाली युवाका लागि इजरायल फेरि आकर्षक गन्तव्य बनेको छ । मासिक करिब साढे ३ लाख रुपैयाँसम्म कमाइ हुने अवसर खुला भएपछि हजारौं युवाको ध्यान अहिले इजरायलतर्फ केन्द्रित भएको छ ।

नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न २ हजार ३ सय नेपाली केयरगिभर माग गरिएको छ । वैदेशिक रोजगार विभागले जेठ १७ देखि असार ७ गतेसम्म अनलाइन आवेदन खुला गरेको छ ।

यसपटकको आवेदनमा सरकारले कडा मापदण्ड राखेको छ । २५ देखि ४५ वर्ष उमेर समूहका मात्रै उम्मेदवारले आवेदन दिन पाउनेछन् । कम्तीमा १० कक्षा उत्तीर्ण गरी ANM वा CMA अध्ययन गरेको, वा १२ कक्षा पास गरी कम्तीमा ३ महिनाको केयरगिभर तालिम लिएको हुनुपर्नेछ ।

यति मात्रै होइन, अंग्रेजी भाषाको दक्षता पनि अनिवार्य गरिएको छ । त्रिपुरेश्वरस्थित CIIIN International Qualification बाट लिइने क्याम्ब्रिज अंग्रेजी परीक्षण पास नगरे आवेदन नै अस्वीकृत हुन सक्छ ।

सरकारले यसपटक स्वास्थ्य अवस्थालाई पनि प्राथमिकता दिएको छ । क्षयरोग, हेपाटाइटिस, एड्स लगायतका रोग नभएको, मानसिक रूपमा स्वस्थ र गह्रौं सामान उठाउन सक्ने व्यक्ति मात्रै योग्य मानिनेछ ।

रोचक कुरा के छ भने, इजरायल पहिले गइसकेका वा परिवारका सदस्य इजरायलमा रहेका व्यक्तिले आवेदन दिन पाउने छैनन् । इजरायली निकायले ‘नेमचेक’ गरेर सबै विवरण प्रमाणित गर्नेछ ।

छनोट प्रक्रिया पनि सजिलो छैन । पहिले कागजात जाँच हुनेछ, त्यसपछि योग्य उम्मेदवारको सूची तयार पारिनेछ । अन्तिम छनोट भने ‘लक्की ड्र’ मार्फत हुनेछ ।

छनोट भएका कामदारले मासिक ६ हजार ४ सय ४३ इजरायली सेकेल अर्थात् नेपाली रुपैयाँ करिब ३ लाख ४८ हजारसम्म पारिश्रमिक पाउनेछन् । हप्तामा ६ दिन काम गर्नुपर्नेछ भने ओभरटाइम सुविधा पनि उपलब्ध हुनेछ ।

इजरायल रोजगारी अहिले नेपाली युवामाझ ‘ड्रिम जब’ जस्तै बन्न थालेको छ । उच्च आम्दानी, सुरक्षित श्रम सम्झौता र कानुनी प्रक्रियाका कारण आवेदन दिनेको संख्या उल्लेख्य बढ्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०८३, १३ जेष्ठ बिहीबार  १ : ०८ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय