काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका जेनजी (Gen Z) पुस्ताका युवाहरूले आज बिहान टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा आगजनी गरेका छन्। स्रोतका अनुसार, मंगलबार बिहानैदेखि आक्रोशित भीडले कार्यालयको बाहिरी भागमा पेट्रोल छर्की आगो लगाएको हो। आगलागीका कारण भवनमा व्यापक क्षति पुगेको छ भने प्रशासनले क्षतिको यकिन विवरण सङ्कलन गरिरहेको…