२०८३, १० कार्तिक मंगलबार

हिमालमा हिमपात, तराईमा तातो हावा : मौसमले देखायो दोहोरो रूप

हिमालमा हिमपात, तराईमा तातो हावा : मौसमले देखायो दोहोरो रूप


काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक सक्रिय न्यूनचापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ। यही कारण देशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना बढेको छ भने तराईका केही भू–भागमा अत्यधिक गर्मी र तातो हावाको जोखिम देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने चेतावनीसमेत दिइएको छ। मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि छिटफुट वर्षाको सम्भावना रहेको छ।

उता तराई क्षेत्र भने अत्यधिक गर्मीको चपेटामा पर्ने देखिएको छ। विशेषगरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्न सक्ने महाशाखाको पूर्वानुमान छ। मौसमविद्हरूले दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेका छन्।

रातिको समयमा पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा बादल कायम रहनेछ। ती क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना रहने भएकाले यात्रु, किसान तथा हिमाली क्षेत्रमा जाने पर्यटकलाई विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ।

प्रकाशित मिति : २०८३, १० जेष्ठ सोमबार  ८ : २६ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा