काठमाडौं । निरन्तरको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर ४९ जनाको ज्यान गएको छ। नेपाल प्रहरीले दिउँसो साढे १ बजेसम्म संकलन गरेको तथ्यांक अनुसार सबैभन्दा बढी क्षति कोशी प्रदेशमा भएको हो। इलाममा मात्रै ३७ जनाको मृत्यु भएको पुष्टि भएको छ। अन्य मृतकमध्ये उदयपुरमा २, पाँचथरमा ६, खोटाङमा १, रौतहटमा ३ जनाले ज्यान गुमाएका छन्।…